काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
मुटुको समस्याको कारण देखाउदै बार्सिलोनाका स्ट्राइकर अग्युरोले बुधबार सन्यास घोषणा गरेका हुन् ।
३३ वर्षीय अग्युरोले गत अक्टोबरबाट खेलेका थिएनन् ।
अग्युरोले पछिल्लो पटक ३० अक्टोबरमा अल्भेसविरुद्ध खेलेका थिए ।
छातीमा समस्या देखिएपछि उनी त्यस खेलमा सब्सिच्युड भएका थिए ।
अग्युरो यसै सिजन बार्सिलोनामा अनुबन्धित भएका थिए ।
अग्युरोले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका थिए ।
उनले बार्सिलोनाका लागि पाँच खेल मात्र खेलेका थिए ।
सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका हुन् ।
अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा १ सय ८५ गोल गरेका छन् ।
अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
अग्युरोले सिटीका लागि मुख्य १५ उपाधि जितेका थिए ।
अग्युरोले आफ्नो खेल जीवनमा ७ सय ८६ खेल खेल्दा २ सय २७ गोल गरेका छन् ।