काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ३-० गोलको अग्रता बनाएको छ ।
खेलको पाँचौ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
सातौं मिनेटमा सबिता राना मगरले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन ।
खेलको ४३ औं मिनेटमा मेनुका कुमारी आले मगरले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाएकी छिन् ।
श्रीलंकाविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।
नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । श्रीलंकालाई हराएर नेपाल उपाधि होड कायम राख्न चाहन्छ ।
श्रीलंका अंक विहीन रहेको छ । श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन ।
श्रीलंका पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपाललाई हराएर श्रीलंका पहिलो अंक जोड्ने चाहन्छ ।