काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनले दुई गोल गरे ।
यस्तै फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महरेज, जोन स्टोन्स र नाथन एकेले एक एक गोल गरे ।

खेलको १३ औं मिनेटमा ग्रेलिसले सिटीको अग्रता दोब्बर बनाए ।
ब्रुएनले ३२ औं मिनेटमा गोल गर्दा सिटी ३-० ले अघि रह्यो ।
४९ औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता ४-० को बनाए ।
खेलको ६२ औं मिनेट ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा जोन्स र ७८ औं मिनेटमा एकेले गोल गर्दै सिटीलाई ७-० को जित दिलाए ।

यस जितसँगै सिटीले लिगमा ४ अंकको अग्रता बनाएको छ ।
सिटीले १७ खेलमा ४१ अंक जोडेको छ ।
लिड्स १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एस्टन भिल्लाले नर्विचलाई २-० ले हराएको छ ।