काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा संकटा र पुलिसबीच सोमबार खेल हुँदा बराबरीको स्थिति रहनेछ।
अहिलेको स्थितिमा दुवै समान पाँच अंक छ र यी दुई टिमलाई छुट्याउने भनेको खालि गोल अन्तरले मात्रै हो ।
दुवै अपराजित छन् र समान रूपमा एक जित तथा दुई बराबरी निकालेका छन् । लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने पनि यी दुई टिम बराबरीकै स्थितिमा छन् ।
यी पाँच संस्करणका पाँच खेलमा दुईमा पुलिस र दुईमा संकटा विजयी रहेको छ । एक खेल भने बराबरीमा टुंगेको छ । वर्ष ०७६ मा पुलिसले संकटालाई २–१ ले हराएको थियो ।
त्यसको ठीक अगाडि वर्ष ०७५ मा संकटा २–१ ले विजयी रह्यो ।
वर्ष ०७० मा उनीहरूले आफूबीचको पहिलो खेलमा गोलरहित बराबरी खेले । त्यसपछिको खेल पुलिसको पक्षमा २–० रह्यो । वर्ष ०६९ मा संकटा फेरि २–० ले नै विजयी रहेको थियो ।