काठमाडौं । अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हाजलउडले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
चोटको कारण हाजलउडले एसेस सिरिज अन्तर्गतको दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
क्रिकेट अष्ट्रेलियाले हाजलउडलेछातीको करङमा चोट लागेको जनाएको छ ।
चोटका कारण उनले पहिलो टेस्टको दोस्रो इनिङ्समा बलिङ गरेका थिएनन् ।
पहिलो टेस्टमा अष्ट्रेलियाले ९ विकेटको जित निकालेको थियो ।
दोस्रो टेस्ट बिहीबारबाट सुरु हुनेछ ।