काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले काग्लियारीलाई ४-० गोल अन्तरले हराएको हो ।
इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले दुई गोल गरे ।
यस्तै एलेक्सिस सान्चेज र हाकन काल्हानोग्लुले एक एक गोल थपे ।
खेलको २९ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा सान्चेजले इन्टरको अग्रता दोब्बर बनाए ।
खेलको ६६ औं मिनेटमा हाकनले गोल गर्दै इन्टरको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ४-० को जित दिलाए ।
यस जितसँगै इन्टर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
इन्टरले १७ खेलमा ४० अंक जोडेको छ ।
काग्लियारी १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।