काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
संकटा आज दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ ।
संकटा ३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुलिसलाई हराएर संकटा शीर्ष तीनमा उक्लन चाहन्छ ।
पुलिस पनि आज दोस्रो जितको खोजीमा रहेको छ । पुलिस ५ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटालाई हराएर पुलिस शीर्ष तीनमा उक्लन चाहन्छ ।
यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।
जावलाखेल र ब्रिगेडबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
जावलाखेल आज पहिलो अंकको खोजीमा रहेको छ । जावलाखेलले अघिल्ला तीन खेलमा लगातार हार ब्यहोरेको छ । जावलाखेल अंक विहीन रहदै पुछारमा रहेको छ ।
ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
जावलाखेललाई हराएर ब्रिगेड अंक तालिका सुधार गर्न चाहन्छ ।