काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ गोलको बराबरी खेलेको हो ।
दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।
ओसासुनाको मैदानमा निको गोन्जालेजले १२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा डाभिड गार्सियाले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४९ औं मिनेटमा अब्डे इजालजुलीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८७ औं मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई २-२ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै बार्सिलोनाले १६ खेलमा २४ अंक जोडेको छ ।
बार्सिलोना आठौं स्थानमा रहेको छ ।
ओसासुना २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।