काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेलेका छन् ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
थ्री स्टार आज दोस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ ।
थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
यता, एपीएफ भने पहिलो जितको खोजीमा हुनेछ । एपीएफले ३ खेल खेल्दा अंक जोड्न सकेको छैन ।
एपीएफ पुछारमा रहेको छ । तर, एपीएफ थ्री स्टारलाई हराएर पहिलो अंक जोड्न चाहन्छ ।
एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १-० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ ले पराजित भएको थियो ।