काठमाडौं । इंग्लीस प्रिमियर लिग अन्तर्गत आज आइतबार तीन खेल हुदैछ ।
वेस्टह्यामले बर्निल, लेस्टरले न्यूकासल तथा क्रिस्टल प्यालेसले एभर्टनविरुद्ध खेल्नेछ ।
वेस्टह्यामका लागि बर्निलविरुद्धको खेल महत्वपूर्ण छ ।
लिग तालिकामा २७ अंकसहित चौथो स्थानमा रहेको वेस्टह्यामले बर्निलविरुद्धको खेल जित्दै तेस्रो स्थानको चेल्सीसँगको दुरी कम गर्ने दाउमा हुनेछ ।
१६ खेल खेलेको चेल्सीको ३६ अंक छ । शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको ३८ तथा दोस्रो स्थानको लिभरपुलको ३७ अंक छ ।
बर्निल भने १० अंकसहित १८ औ स्थानमा छ ।
यता १९ अंकसहित ११ औं स्थानमा रहेको लेस्टरले न्यूकासललाई पराजित गर्दै आठौं स्थानमा उक्लिने दाउमा रहेको छ ।
तर १० अंकसहित १९ औ स्थानमा रहेको न्यूकासल भने रेलिगेसन जोनभन्दा माथि उठन चाहन्छ ।
त्यस्तै, १४ औं स्थानमा रहेको क्रिस्टल प्यालेसले १३ औं स्थानको एभर्टनविरुद्ध खेल्नेछ ।