काठमाडौं । बार्सिलोना युवा टिमका पूर्व प्रशिक्षकमाथि दर्जनौ पूर्व विद्यार्थीहरुले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
बार्सिलोनाको एक सार्वजनिक विद्यालयमा शारीरिक शिक्षा शिक्षक हुदा अल्बर्ट बेनाइजेसले आफूहरुलाई यौन दुर्व्यवहार गरेको ६० भन्दा बढी विद्यार्थीहरुले आरोप लगाएका हुन् ।
तर बेनाइजेसले सो आरोपको खण्डन गरेका छन् ।
७१ वर्षीय बेनाइजेस सन् १९९१ देखि २०११ सम्म बार्सिलोनाको युवा प्रशिक्षण एकेडेमीको प्रमुख सदस्य रहेका थिए, जसमा बार्सिलोनाका उत्कृष्ट खेलाडीहरु एन्ड्रेस इनिएस्टा र जाभी हर्नान्डेजको पुस्तापनि पर्छ ।
जाभी हाल बार्सिलोनाका मुख्य प्रशिक्षकका रुपमा रहेका छन् ।
यसैबीच जाभीले उक्त आरोपलाई लिएर आफू आश्चर्य र स्तब्ध रहेको प्रतिक्रिया दिएका छन् ।
तर जाभीले आफूलाई त्यस्तो घटनाबारे कुनै जानकारी नरहेको बताए ।
बेनाइजेसले विदेशी क्लबहरुमा काम गरी गत वर्ष बार्सिलोनामा फर्किएका थिए तर व्यक्तिगत कारण देखाउदै उनले गत हप्ता राजीनामा दिएका थिए ।