काठमाडौं । क्यामरुन फुटसल संघको अध्यक्षमा स्यामुएल इटो निर्वाचित भएका छन् ।
क्यामरुनका पूर्व स्ट्राइकर इटो शनिबार भएको चुनावबाट क्यामरुन एफएको अध्यक्षमा निर्वाचित भएका हुन् ।
४० वर्षीय इटोले निकटतम प्रतिद्वन्दी सेडोउ एमबोम्बोलाई हराएर चार वर्षका लागि अध्यक्ष चयन भएका हुन् ।
स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार इटोले सन् २०१४ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
इटोले क्यामरुनबाट ११८ खेलमा ५६ गोल गरेका थिए । उनले आफ्नो राष्ट्रको लागि ओलम्पिकमा स्वर्ण र अफ्रीका कप अफ नेसन्सको उपाधि दिलाएका थिए ।
चेल्सी र इन्टर मिलानबाट समेत खेलेका इटोले ७१८ क्लब खेलमा ३५९ गोल र ११६ एसिस्ट गरेका छन् ।
चार पटकको वर्ष अफ्रिकन खेलाडी घोषित इटोले ४ च्याम्पियन्स लिग, ३ ला लिगा र १ सिरी 'ए' उपाधि जितेका छन् ।