काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले उडीनेजेसँग बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेलेको हो।
उडीनेजेको मैदानमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई हारबाट जोगाएका हुन् ।
खेलको १७ औं मिनेटमा बेटोले गोल गर्दै उडीनेजेलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, खेलको इन्जुरी समयको दोस्रो मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई बराबरीमा ल्याए ।

यस्तै खेलको इन्जुरी समयमा सक्सेसले रातो कार्ड पाएपछि उडीनेजे अन्तिम केहि मिनेट १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै मिलानले १७ खेलमा ३९ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा रहेको छ ।
उडीनेजे १७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।