एजेन्सी । युभेन्ट्सले सिरि एमा लगातार तेस्रो जित निकाल्ने अवसर गुमाएको छ ।
शनिबार राति युभेन्ट्सले सिरि एमा भेनेजियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
चेल्सीका पूर्व फरवार्ड अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए । लुका पेलेग्रेनीको क्रसलाई सदुपयोग गर्दै मोराटाले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
भेरिजियाका माटिया अरामुले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए ।
युभेन्ट्सले चौथो स्थानको एटलान्टाबाट अझै ६ अंक पछि रहेको छ । एटलान्टाले आईतबार भिरोनाको भ्रमणमा निस्कदैछ ।
भेनिजिया रेलिगेशन जोन भन्दा ६ अंक अघि रहेको छ । युभेन्ट्स २८ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।