एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
शनिबार राति युनाईटेडले म्यानचेस्टर युनाईटेडले नर्विच सिटीलाई १–० ले हराएको हो ।
युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले विजयी गोल गरे ।
खेलको ७५ औं मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए ।
युनाईटेडका गोलकिपर डेभिड डी गियाले दुई राम्रा प्रहार बचाउ गरे । उनले तेमु पुक्की र ओजान कबाकको प्रहारलाई निरास पारेका थिए ।
अन्तरिम प्रशिक्षकको रुपमा युनाईटेड सम्हाल्न आएका राल्फ रंगनिक अपराजित छन् ।
युनाईटेडले १६ खेलबाट २७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
नर्विच १० अंक सहित तालिकाको पुछारमा छ ।