काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल जारी छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको छ ।
पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन ।
नेपाली टोली बंगलादेशलाई पराजित गर्ने उदेश्य सहित मैदानमा उत्रिएको छ ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।
शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।
बंगलादेशपछि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ ।
नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ ।
फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।