काठमाडौं । एफए कपको तेस्रो चरणमा गत सिजनको उपविजेता चेल्सीले नेसनल लिगको शीर्ष स्थानमा रहेको चेस्टरफिल्डको सामना गर्ने भएको छ ।
एफए कपको तेस्रो चरणका खेलहरु आउदो जनवरी ७ देखि १० तारिखसम्म हुनेछन् ।
गत सिजनको विजेता लेस्टरले वाटफोर्डको सामना गर्ने भएको छ ।
यता लिभरपुलले लिग वान अन्तर्गतको श्रृसवरी तथा म्यानचेस्टर सिटीले स्वीन्डन टाउनविरुद्ध खेल्नेछन् ।
यता एस्टन भिल्लाले म्यान्चेस्टर युनाइटेडको सामना गर्दा वेस्ट ह्यामले लिड्सविरुद्ध खेल्ने छ ।
स्वान्सी सिटीले साउथह्याम्पटन, एभर्टनले हलसिटी, फुलह्यामले ब्रिस्टोल सिटी तथा टोटनहमले मोरेकाम्वेविरुद्ध खेल्नेछन् ।
आर्सनलले नटिङघम फोरेस्टविरुद्ध खेल्ने तय भएको छ ।