काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार दुई पूर्व विजेता मनाङ मस्र्याङ्दी र संकटा भिड्दै छन् ।
दशरथ रंगशालामा हुने दिनको पहिलो खेल जिते दुवै टिमसामु शीर्ष स्थानमा उक्लने अवसर हुनेछ ।
लिगका पछिल्ला पाँच संस्करणमा यी दुई टिमबीच पाँच भेट भएकोमा त्यसमा मनाङ हाबी रहेको छ । यी खेलमा मनाङ अपराजित रहेको छ र संकटालाई यसपल्ट त्यो अपराजित यात्रालाई तोड्न सजिलो हुने छैन् ।
मनाङ यी पछिल्ला पाँच खेलमध्ये चारमा विजयी रहेको छ र त्यसमा पनि चार जित पछिल्ला चार खेलमा प्राप्त भएका हुन् । वर्ष ०६९ मा संकटाले अन्तिक पटक मनाङलाई १-१ को बराबरीमा रोकेको थियो ।
त्यसयता मनाङले संकटालाई वर्ष ०७० मा लगातार दुई पल्ट हराएको थियो र स्कोर समान थियो, २-० को । मनाङले संकटालाई वर्ष ०७५ ३-१ र ०७६ मा ३-० ले हराएको थियो ।