काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । संकटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
संकटा आज दोस्रो जितको खोजीमा रहेको छ । संकटा २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
मनाङ भने लगातार तेस्रो जितको खोजीमा रहेको छ । अपराजित मनाङ २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
मनाङ आज संकटालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । तर, बलियो टिम संकटाविरुद्ध जित निकाल्न मनाङलाई सहज भने छैन ।
यस्तै दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
च्यासल र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ । आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।
च्यासल दोस्रो जितको खोजीमा हुनेछ । च्यासलले अघिल्ला दुई खेलमा १ जित र एक हार व्यहोरेको छ ।
च्यासल २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटीले २ खेलमा १ अंक जोडेको छ ।
एनआरटी लिगको १२ औं स्थानमा रहेको छ ।