जकार्ताको जितमा रोहित नायक
२०२१ डिसेम्बर ३, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा जकार्ताले तिरा पेर्सिकाबोलाई १-० गोल अन्तरले हराएको हो ।
जकार्ताको जितमा रोहित चन्दले निर्णायक गोल गरे । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै जकार्ताले १५ खेलमा २१ अंक जोडेको छ । जकार्ता नवौं स्थानमा रहेको छ ।
पेर्सिकाबो १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
Gol kedua @rohitchand32 di BRI LIGA 1 🔥
— Persija Jakarta (@Persija_Jkt) December 3, 2021
🎥: @Liga1Match#PersijaDay #BRILiga1 #DukungDariRumah #BelieveIn12 #PersijaJakarta pic.twitter.com/sHtAwUU7g2
जकार्ताको जितमा रोहित नायक