इलाम । १४ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद समितिले जितेको छ ।
माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदान भएको प्रतियोगिताको उपाधि भिडन्तमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि निर्णयको लागि सडनडेथ रोजिएको थियो ।

खेलको सुरुवातबाटै विपक्षी टिमलाई दवावमा राख्न सफल भए पनि गोल गर्न सकेन् । दोश्रो हाफमा गोलरक्षक आयुस लिम्बुले रेडकार्ड पाएपछि माङसेबुङ ८ खेलाडीमा सिमित भएको थियो ।
उपाधिसँगै माङसेबुङले नगद ३ लाख १ सय ६८ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद २ लाख १ सय ६८ रुपैया प्राप्त गरेको छ ।
त्यस्तै उत्कृष्ट गोलरक्षक विजेता टिमका आयुस लिम्बू, उत्कृष्ठ डिफेण्डर विजेताकै रोनिस राई, उत्कृष्ठ खेलाडी विजेताकै प्रविन राई र सर्वाधिक गोलकर्ता उपविजेता टिमका किस्मत लिम्बू घोषित भए ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा ११ मंसिरदेखि संचालित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो ।