काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेको हो ।
चेल्सीले घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर युनाईटेडसँग बराबरी गरेको हो ।
खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६९ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै चेल्सीले १३ खेलमा ३० अंक जोडेको छ ।
चेल्सी शीर्ष स्थानमा रहेको छ ।
युनाईटेड १८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


