काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक एक गोल गरे ।
वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल फर्काए ।
गुन्डोगानले खेलको ३३ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
खेलको ९० औं मिनेटमा फेर्नान्डिन्होले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा लान्जिनीले एक गोल फर्काएपनि सिटीले २-१ को जित निकाल्यो ।
यस जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ ।
सिटी १३ खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
वेस्ट ह्याम २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले वाट्फोर्डलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।
यस्तै ब्रेन्टफोर्डले एभर्टनलाई १-० गोल अन्तरले हराएको छ ।