वेस्ट इन्डिजद्धारा अष्ट्रेलियालाई १५८ रनको लक्ष्य
शनिबार, कार्तिक २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजले अष्ट्रेलियालाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गर्ने निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ४४ रनको योगदान गरे ।
इभिन लेविसले २९ तथा सिमरोन हिटमेयरले २७ रनको जोडे ।
अष्ट्रेलियाका जोश ह्याजलउडले सर्वाधिक चार विकेट हात पारे भने मिचेल स्टार्क, प्याट कमिङस तथा एडम जाम्पाले समान एक–एक विकेट लिए ।
सेमिफाइनल प्रवेश गर्न अष्ट्रेलियाका लागि आजको खेल महत्वपूर्ण छ ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

