वैवाहिक बन्धनमा बाँधिए क्रिकेटर विनोद
शुक्रबार, २९ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारी वैवाहिक बन्धनमा बाँधिएका छन् ।
विनोदले शुक्रबार संचारकर्मी सोनीका अर्यालसँग विवाह गरेका हुन् ।
विकेटकिपर ब्याट्सम्यान भण्डारी र सोनीका लामो समयबाट प्रेम सम्बन्धमा रहेका थिए ।
सोनीका ग्यालेक्सी टेलिभिजनमा कार्यरत छिन् ।
विनोद त्रिभुवन आर्मी क्लबका कप्तान समेत हुन् ।
विनोदले सन् २००९ मा एसीसी टी-ट्वान्टीमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



