आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागमती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने

शुक्रबार, २२ आश्विन २०७८खेलपाटी संवाददाता
बागमती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा बिगत दुई बर्षदेखि आयोजनाको तयारी गरेको प्रदेश खेलकुद विकास समितिले आगामी पुसदेखि माघसम्म प्रदेश खेलकुद प्रतियोगिता संचालन गर्ने भएको हो ।

प्रदेशका सामाजिक बिकास मन्त्री बिजय सुबेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेका निर्णय शुक्रबार सार्वजनीक गर्दै प्रदेश खेलकुद बिकास परिषद्ले प्रदेश खेलकुदको मिति सार्वजनीक गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुनले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहदा बागमतीको प्रदेश खेलकुद बिकास परिषद्ले त्यसअघिनै प्रदेश खेलकुद प्रतियोगिताको आयोजना सक्ने लक्ष्य राखेको हो ।

प्रदेश खेलकुद बिकास परिषद्को बिनियोजित २ करोड र थप ४ करोड ५४ लाख प्रदेश सरकारसंग माग गरि जम्मा ६ करोड ५४ लाखको कुल लागत अनुमान स्वीकृत गरिएको छ ।

स्थानिय, जिल्ला र प्रदेश गरि तीन चरणमा हुने सो प्रतियोगितामा प्रदेशका प्राथमिकता प्राप्त खेलहरु फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समाबेश हुनेछन् ।

सो प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी हुन पठाउनुपर्नेछ । प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् ।

जिल्ला टिममा ब्यक्तिगत स्पर्धामा खेलिने खेलबाट बिजेता खेलाडीलाई खेलाइने छ भने समुह खेलमा बिजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडी मध्यबाट जिल्ला टिम तयार गरि प्रदेशमा सहभागी गराइनेछ ।

आगामी फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीका लागि प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सुर्य भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् । क्रिकेटको पुरुष टिमले मात्रै सहभागीता जनाउने छ । करिब एक महिना सम्म चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि आयोजना गरिने परिषद्का सदस्यसचिव भण्डारीले बताए ।

पर्यटकीय सिजनमा साहसिक तथा पर्यटकीय खेलकुद

प्रदेश खेलकुद बिकास परिषद्ले नेपालको पर्यटकीय सिजन कार्तिक र मंसिको दोश्रो हप्तासम्म ३ वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी कार्तिक १३ गते बिश्वमै पहिलोपटक दोलखाको चरिकोटमा हाइ अल्टीच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मङ्सिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ ।

परिषद्ले यसै बर्ष प्रदेश फुटबल लिग आयोजना गर्न र सहिद स्मारक ए डिभिजन लिगमा लागत साझेदारी गर्न एक करोडको सम्झौता गरिसकेको छ ।

परिषद् बैठकले यस बर्षमा हुने अन्य कार्यक्रममा राष्ट्रिय तथा अंन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने, खेलाडी तथा खेल क्षेत्रमा योगदान दिएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्ने, अपाङ्गता भएका खेलाडीका लागि प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने, जिल्ला खेलकुद बिकास समितीलाई ६ लाखका दरले कार्यालय संचालन खर्च र खेल सामग्री खरिद गर्नका लागि भुक्तानी दिने जस्ता महत्वपुर्ण निर्णय गरेको छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल