• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
को बन्ला खेलकुद मन्त्री ?
खेलपाटी संवाददाता
बिहीबार, असोज २१, २०७८ खेलपाटी संवाददाता
को बन्ला खेलकुद मन्त्री ?

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ । सत्ता गठबन्धन आबद्ध दलको बैठकले मन्त्रालय बाँडफाँटको क्रममा युवा तथा खेलकुद मन्त्रालय कांग्रेसलाई दिने सहमती गरिसकेका छन् ।

युवा परिचालन र जनतासँग सेवाको हिसाबले जोडिने मन्त्रालयको रुपमा युवा तथा खेलकुद मन्त्रालयलाई हेरिन्छ । खेलकुदको माध्यमबाट देशभरै युवा परिचालन र प्रभाव विस्तार गर्न सकिने भएकाले कांग्रेसले खेलकुद मन्त्रालयलाई यस पटक आफैसँग राखेको छ ।

खेलकुदमा नेकपा एमालेको जवर्जस्त उपस्थिती, प्रभाव र हालिमुहालीले कांग्रेसका खेलकुद नेताहरु विरत्तिएका थिए । पछिल्लो समय उनीहरुले खेलकुद मन्त्रालय आफैले राख्नुपर्ने सुझाव नेतृत्व समक्ष राख्दै आएका थिए ।

सत्तामा कांग्रेसको नेतृत्व आउने वित्तिकै कांग्रेस आबद्ध खेलकर्मी हौसिएका छन् । कांग्रेस नेतृत्वको सरकार बन्ने वित्तिकै प्रकाशशम्शेर राणाले राखेपको निर्देशन अवज्ञा गर्दै नेपाल तेक्वान्दो संघको निर्वाचननै गरे । तेक्वान्दो संघकै निर्वाचनले आगामी दिनमा घरेलु खेलकुदमा कांग्रेस नेता–कार्यकर्ताको रजगज चल्न सुरु हुने देखिन्छ ।

को होला मन्त्री ?

सत्ता साझेदारमा मु्ख्य चार दल रहेको गठबन्धनमा दलहरुले मन्त्रालयको भागबन्डा गरिसकेका छन् । कांग्रेसले प्रधानमन्त्री सहित ७ मन्त्रालय, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्रालय पाउने तय भएको छ । सुरुवातमै दुई मन्त्रालय लगिसकेको माओवादी केन्द्रले बाँकी तीन मन्त्री र एक राज्य मन्त्री टुङ्गो लगाईसकेको छ । बाँकी दलमा मन्त्री छान्न सकस छ ।

एक समय जीवनराम श्रेष्ठ खेलकुद मन्त्री बनेर आउने खुवै चर्चा थियो । जीवनराम मन्त्री बन्ने चर्चाले घरेलु खेलकुदका महत्वपुर्ण कार्यक्रममा श्रेष्ठको उपस्थिती बाक्लै देखिन्थ्यो ।

एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका जीवनराम सम्मिलित दलको भागमै खेलकुद मन्त्रालय नपरेपछि जीवनराम खेलकुद मन्त्री बन्ने सम्भावना सकिएको छ । खेलकुदबाटै उदाएका नेताका हिसाबले उनी खेलकुद मन्त्रीको रुपमा आउने चर्चा थियो । तर जीवनराम आफैले मालदार मन्त्रालयमा जान खोजेका छन् ।

अब खेलकुद मन्त्री कांग्रेसबाट बन्नेछन् । कांग्रेसको भागमा खेलकुद सहित गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार, सुचना तथा प्रविधि, महिला बालबालिका तथा जेष्ठ नागरिक परेको छ ।

प्रधानमन्त्री तथा पाटी सभापति शेरबहादुर देउवाले गृहमन्त्रीमा बालकृष्ण खाड, परराष्ट्रमा नारायण खड्का, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्यमा उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाइसकेका छन् ।

देउवाले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुई र अर्का नेता कृष्ण सिटौलालाई एक मन्त्रालय दिने बताएका छन् । तर पौडेलले तीन मन्त्रालय माग गरेका छन् ।

कृष्ण सिटौलाले उमाकान्त चौधरीलाई मन्त्रीको रुपमा सिफारिस गरेका छन् । सिटौला समुहले मन्त्री मात्र हैन, शक्तिशाली मन्त्रालयको माग समेत छ । सोही कारण उमाकान्त चौधरी युवा तथा खेलकुदमा आउने सम्भावना कम छ ।

धेरैको अरुचीको मन्त्रालय भएका कारण युवा तथा खेलकुद पौडेल समुहमै पर्ने देखिन्छ । पौडेल समुहका शशांक कोइरालाले मिनेन्द्र रिजाललाई मन्त्रीको रुपमा सिफारिस गरेका छन् । पूर्व सञ्चार मन्त्री समेत रहेका मिनेन्द्रको रोजाई समेत मालदार मन्त्रालयनै हुनेछ ।

पौडेल समुहबाट सिफारिस हुने सांसदले खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । पौडेल स्वयमले तेजुलाल चौधरीलाई मन्त्री बनाउन चाहेका छन् । चौधरी युवा तथा खेलकुद मन्त्रालयका पूर्व राज्य मन्त्री समेत हुन् ।

पौडेल समुहकै अर्का प्रभावशाली नेता प्रकाशमान सिंहले राजन केसीलाई मन्त्रीको रुपमा प्रस्ताव गरेका छन् । उनी समेत पूर्व युवा तथा खेलकुद मन्त्री हुन् ।

सोही कारण पौडेल समूहबाट सिफारिसमा परेका चौधरी र केसी मध्य एकनै युवा तथा खेलकुद मन्त्रालयका सम्भावित मन्त्रीको रुपमा हेरिएको छ ।

पौडेल समूहले थप एक मन्त्री मागेकाले कांग्रेसभित्रको मन्त्रालयको भागबण्डा मिल्न सकेको छैन ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP