शिवपुरी क्लबलाई टोयोटाको प्रायोजन
क्लबलाई खेल सामाग्री हस्तान्तरण गर्दै वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य । फोटो : खेलपाटी
काठमाडौं । शिवपुरी नव जागृति क्लबलार्ई टोयोटाले जर्सी तथा खेल सामाग्री प्रायोजन गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्यले क्लबका पदाधिकारीलाई प्रायोजन गरिएको खेल सामाग्री हस्तान्तरण गरे ।
नेपालका लागि टोयोटा गाडीको एक मात्र वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले शिवपुरी नव जागृति क्लबलाई २० थान जर्सी तथा फुटबल सामाग्री प्रायोजन गरेको हो ।
खेल सामाग्री हस्तान्तरण गर्दै वैद्यले विगतमा समेत युटिएसले सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताए ।
क्लबका अध्यक्ष बिरोज ठकुरीले आफुहरुले सक्दो प्रचारमा सहयोग पुर्याउने बताए ।
टोयोटाले यस अघि ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबलाई सह–प्रायोजन गरेको थियो । टोयोटाले दुई वर्षका लागि मनाङलाई सह–प्रायोजन वापत २० लाख रुपैयाँ दिनेछ ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



