काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले अहिले घरेलु टिमविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र माल्दिभ्सले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा माल्दिभ्सले बलमा पकड जमाएपनि गोल गर्न सकेन । नेपालले भने डरलाग्दो आक्रमण बुन्न सकेन ।
आज नेपाल घरेलु टिम माल्दिभ्स हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
साविक विजेता समेत रहेको माल्दिभ्स पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
माल्दिभ्सविरुद्ध नेपालको इतिहास निकै कमजोर रहेको छ । नेपालले हालसम्म माल्दिभ्ससँग १६ खेल खेलेको छ । जसमा माल्दिभ्सले ८ खेल जितेको छ ।
माल्दिभ्सविरुद्ध नेपालले ४ खेलमा जित निकाल्दा ४ खेल बराबरी खेलेको छ ।
नेपालले पछिल्लो पटक माल्दिभ्सविरुद्ध २०१८ को साफमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमा भएको त्यस भेटमा नेपाल ३-० ले पराजित भएको थियो ।
बंगबंधु रंगशालामा माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई हराएको थियो । माल्दिभ्सले भारतलाई हराएर उपाधि जितेको थियो ।