काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत माल्दिभ्सविरुद्धको खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ को घोषणा गरेको हो ।
प्रशिक्षक अल्मुताइरीले रोहित चन्दलाई मिडफिल्डको जिम्मेवारी दिएका छन् ।
नेपालको अग्रपंक्ति नवयुग श्रेष्ठ, अन्जन विष्ट र सुजल श्रेष्ठले सम्हाल्ने छन् ।
नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ।
नेपाली टिम -
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन आर्यल
मिडफिल्डर - रोहित चन्द, पुजन उपरकोटी, तेज तामाङ
फरवार्ड - नवयुग श्रेष्ठ, अन्जन विष्ट, सुजल श्रेष्ठ

