• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ : नेपालले आज माल्दिभ्सको सामना गर्दै
खेलपाटी संवाददाता
शुक्रबार, असोज १५, २०७८ खेलपाटी संवाददाता
साफ : नेपालले आज माल्दिभ्सको सामना गर्दै

काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।

१३ औं साफको पहिलो दिन शुक्रबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्।

दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ।

नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको छ । र,  घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । साफ उनको लागि पनि वास्तविक परिक्षा हुनेछ ।

No description available.

नेपाललाई साफको उपाधि उचाल्न सहज भने हुने छैन । साफको इतिहास हेर्दा नेपालको सबैभन्दा उत्कृष्ट नतिजा सेमिफाइनल हो । नेपाल साफको फाइनल समेत पुग्न सकेको छैन ।

अलमुताइरीको नेतृत्वमा रहेको नेपाली टिम यस पटक भने उच्च मनोबलमा रहेको छ । युवा र अनुभवी खेलाडीको समिश्रण रहेको नेपाली टिमले फाइनल खेल्ने योजना बनाएको छ ।

नेपाली टोलीका  कप्तान तथा गोलकिपर किरण चेम्जोङ समेत उत्कृष्ट नतिजा निकाल्ने बताउँछन् ।

मालेमा बिहीबार आयोजित प्रि-म्याच कन्फरेन्समा कप्तान किरणले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र उत्कृष्ट नतिजाका लागि मैदानमा लड्ने बताए ।

'पक्कै पनि उनीहरुलाई घरेलु मैदानको फाईदा हुनेछ । घरेलु समर्थक हुनेछ । तर, यसले फरक पार्दैन । हाम्रो उपनाम गोर्खाली हो । हामीले विश्वमा इतिहास बनाएका छौँ । हामी कसैसँग डराउने छैनौँ,' कप्तान किरणले भने, 'होम र अवेले फरक पार्दैन । हामी माल्दिभ्सका समर्थकलाई सम्मान गर्छौं । हामी मैदानमा नतिजाका लागि लड्ने छौँ ।'

कप्तान किरणले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र नतिजाका लागि अन्तिमसम्म प्रतिस्पर्धा गर्ने बताए ।

'सबै खेल कठिन छ । तर, हामी फाइट गर्ने छौँ । हामीसँग युवा र अनुभवी गरि राम्रो मिश्रित टिम छ । हामी फाइनल पुग्न चाहान्छौ । जसका लागि हरेक खेल जित्नु पर्छ,' उनले थपे ।

Image

माल्दिभ्स जानु अघि नेपाली टिमले कतारमा विशेष तयारी गरेको थियो ।  नेपालले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ७-२ को हार व्यहोरेको थियो ।

त्यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले भारतसँग १-१ को बराबरी खेल्दा दोस्रो खेलमा २-१ को हार व्यहोरेको थियो ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।

नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

नेपाल भर्सेस माल्दिभ्स हेड टु हेड :

माल्दिभ्सविरुद्ध नेपालको इतिहास निकै कमजोर रहेको छ । नेपालले हालसम्म माल्दिभ्ससँग १६ खेल खेलेको छ । जसमा माल्दिभ्सले ८ खेल जितेको छ ।

माल्दिभ्सविरुद्ध नेपालले ४ खेलमा जित निकाल्दा ४ खेल बराबरी खेलेको छ ।

नेपालले पछिल्लो पटक माल्दिभ्सविरुद्ध २०१८ को साफमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमा भएको त्यस भेटमा नेपाल ३-० ले पराजित भएको थियो ।

बंगबंधु रंगशालामा माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई हराएको थियो । पछि माल्दिभ्सले भारतलाई हराएर उपाधि जितेको थियो ।

नेपाली टिम :

किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल,आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा, रोहित चन्द

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP