कुस्ती टोली नोर्वे प्रस्थान
बिहिबार, १४ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं। विश्व कुस्ती च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली कुस्ती टोली बिहीबार नोर्वेको ओस्लो प्रस्थान गरेको छ ।
अक्टोबर २ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा सुमिर शाहले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारीले जनाएका छन् ।
प्रशिक्षकमा धरमराज यादव तथा टिम व्यवस्थापकमा साहिल अन्सारी रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



