काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति युनाईटेडले स्पेनिस क्लब भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले संघर्षपूर्ण जित निकालेको हो ।
खेलको ५३ औं मिनेटमा पाको अल्कासरले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६० औं मिनेटमा एलेक्स टेलसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलजी इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।
यस खेलसँगै रोनाल्डो सर्वाधिक धेरै च्याम्पियन लिग खेल खेल्ने खेलाडी बेनका छन् ।
रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका हुन् ।
रोनाल्डोको यो १ सय ७८ च्याम्पियन्स लिग खेल हो । इकरले १ सय ७७ खेल खेलेका थिए ।

घरेलु मैदानको जितसँगै युनाईटेडले २ खेलमा ४ अंक जोडेको छ ।
समूह एफको युनाईटेड चौंथो स्थानमा रहेको छ ।
भिल्ला २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
