काठमाडौं । म्यानचेस्टर युनाइटेडका डिफेन्डर आरोन वान बिसाकालाई च्याम्पियन्स लिगमा दुई खेलको प्रतिबन्ध लागेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत योङ ब्वाइजविरुद्धको खेलमा रातो कार्ड पाएको कारण बिसाकालाई दुई खेलको प्रतिबन्ध लागेको हो । सेप्टेम्बर १४ मा भएको उक्त खेलमा युनाईटेड २-१ ले पराजित भएको थियो ।
दुई खेलको प्रतिबन्धसँगै बिसाकाले आज राति हुने भिल्ला रियलविरुद्धको खेल गुमाउने भएका छन् । यस्तै उनले अक्टोबर २० मा एट्लान्टाविरुद्धको खेल समेत गुमाउने छन् ।