एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज (बिहिबार) राति चेल्सी र युभेन्ट्स भिड्दैछन् ।
लण्डन क्लब चेल्सी समूह एचको खेलमा प्रतिस्पर्धा गर्न टुरिन भ्रमणमा निस्किएको छ ।
युभेन्ट्सको घरेलु मैदानमा हुने खेलमा चेल्सीका केही मुख्य खेलाडी अनुपस्थित रहनेछन् ।
चेल्सीका मिसन माउन्ट, क्रिस्टियन पुलिसिक, एनगोलो कोन्टे र रिम्स जेम्स युभेन्ट्सविरुद्ध खेल्ने छैनन् ।
कान्टे कोभिडबाट संक्रमित छन् । मिडफिल्डरद्धय पुलिसिक, माउन्ट र जेम्स चोटग्रस्त छन् ।
प्रिमियर लिगमा गत शनिबार चेल्सीले म्यानचेस्टर सिटीसँग १–० को हार ब्यहोर्यो । त्यो नै लण्डन क्लबको यस सिजनको पहिलो हार थियो ।
युभेन्ट्सका मासिमिलियानो एलेग्रिसको क्लब पछिल्लो चार खेलमा अपराजित छ । सिजनको खराब सुरुवात गरेको युभेन्ट्स तालिकाको १० औं स्थानमा उक्लिएको छ ।
‘उनीहरु साँच्चिकै ठुलो क्लब हुन् ।’ चेल्सीका प्रशिक्षक थोमस टुचेलले भने, ‘पक्कैपनि उनीहरुमा केही समस्या देखिएको छ । उनीहरुले खराब सुरुवात गरे । तर च्याम्पियन्स लिगमा उनीहरु निकै बलिया छन् ।’
‘उनीहरु अविश्वसनीय छन् । यो कुनै दिमागको कुरा हैन । उनीहरु सम्मानको माग गर्छन् ।’ उनी भन्छन् ।
चेल्सीले च्याम्पियन्स लिगको यस सिजनको पहिलो खेलमा सेन्ट पिटरसवर्गलाई १–० ले हराएको थियो ।
‘पक्कैपनि केही अपेक्षा छन् ।’ टुचेलले भने, ‘हामीहरु गत सिजन कुनै दाबेदार थिएनौं । हामीले हरेक खेल राम्रो खेल्यौं । तर अहिले हामीलाई साँच्चिकै दाबेदारको रुपमा हेरिएको छ ।’
युभेन्ट्स लण्डन क्लबका पूर्व फरवार्ड अल्भारो मोराता र पाउलो ड्याबाला बिनै मैदान उत्रनेछ । दुवै खेलाडीले चोटका कारण चेल्सीविरुद्धको खेल गुमाउनेछन् ।
बिहिबार रातिको मुख्य खेलमा क्रिस्टियानो रोनाल्डो प्रेरित म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भिल्ला रियललाई आमन्त्रण गर्दा बार्सिलोना भने बेन्फिाको भ्रमणमा निस्कनेछ । जर्मन क्लब बायर्न म्युनिखले रुसी क्लब डायनामो किभलाई म्युनिखमा आमन्त्रण गर्नेछ ।