काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्टोको मैदानमा लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिनोले दुई दुई गोल गरे ।
साडियो मानेको नाममा एक गोल रह्यो । पोर्टो मेहदी तारेमीले एक गोल फर्काए ।
पोर्टोको मैदानमा सलाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

६० औं मिनेटमा सलाहले व्यक्तिगत गोल गर्दा लिभरपुलको अग्रता तेब्बर बन्यो ।
खेलको ७४ औं मिनेटमा तारेमीले गोल गर्दै पोर्टोलाई ३-१ को स्थितिमा ल्याए ।
७७ औं मिनेटमा फिर्मिनोले गोल गर्दा लिभरपुल ४-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८१ औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५-१ को जित दिलाए ।
यस जितसँगै समूह बी को लिभरपुलले २ खेलमा ६ अंक जोडेको छ ।
लिभरपुल शीर्ष स्थानमा स्थानमा रहेको छ ।
पोर्टो १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
