काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले युवा डिफेन्डर आश्विन भट्टराईलाई अनुबन्ध गरेको छ।
थ्री स्टारले मंगलबार १७ वर्षीय आश्विनलाई अनुबन्ध गरिएको जनाएको छ ।
थ्री स्टारले आश्विनले क्लबसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ ।
फुल ब्याक आश्विनले नेपाली यू-१६ टोलीबाट खेलिसकेका छन् ।

सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले आश्विनलाई अनुबन्ध गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
थ्री स्टारले यस अघि युवा विंगर ऋतिक खड्का, मिडफिल्डर लाकेन लिम्बु, आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।
यस्तै थ्री स्टारले कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निशान खड्का, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरिसकेको छ ।