देवराज सुवेदी
सिन्धुपाल्चोक । 'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, पर्यटनका लागि खेलकुद,पाँचपोखरीका लागि खेलकुद' भन्ने मूल नाराका साथ दाश्रो पाँचपोखरी कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका ३ मा रहेको यार्सा खेल मैदानमा कात्तिक ७ गते देखि १७ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
पाँचपोखरी भोताङ युवा फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा विजयी हुने टीमले पुरस्कार नगद रु. १ लाख १० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दाश्रो हुने टिमले नगद रु. ५५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष गोविन्द तामाङले जानकारी दिए ।
नेपालीहरुको महान चाड दिपावली र छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान सहित हुने प्रतियोगितामा जर्सी सेट, फुटबल सुज, क्याप्टेन ब्याज अनिवार्य गरिएको छ भने दर्ता शुल्क रु. १० हजार लाग्ने र दर्ता गर्ने अन्तिम मिति कात्तिक ४ गतेसम्म तोकिएको पनि अध्यक्ष तामाङले जानकारी दिए ।