काठमाडौं । साफ च्याम्पियनसिपको लागि आयोजक माल्दिभ्सले टिमको घोषणा भएको छ ।
माल्दिभ्सले अली अस्फाकको कप्तानीमा साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेको हो ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
माल्दिभ्सले नेपालसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।
