काठमाडौं । एउटा हारले पूरा सिजन के कस्तो प्रभाव पार्न सक्छ, यस्तै डरबाट गुज्रिरहेको हुनु पर्नेछ, टोटनहम । इंग्लिस प्रिमियर लिगमा टोटनहम भर्खरै आर्सनलको हातबाट पराजित भयो ।
फुटबलमा हार जित त भइरहन्छ, तर टोटनहमले आर्सनलको घरमा जे जस्तो पराजय सामना गरेको छ, त्यसले धेरै प्रश्न भने उठाएको छ ।
सबैभन्दा ठूलो त टोटनहमका लागि यो हार आर्सनलविरुद्ध रहेको छ । टोटनहम र आर्सनल उत्तरी लन्डनका दुई क्लब हुन्, त्यस अर्थमा उनीहरू परस्पर विरोधी छिमेकी हुन्, अझ भन्दा सबैभन्दा ठूला प्रतिद्वन्द्वी । पछिल्ला केही सिजन टोटनहमले आर्सनलको तुलनामा लिगमा राम्रो गरेको थियो।

तर अब यस सिजन यस्तै उपलब्धी हात पार्न गाह्रो हुन सक्नेछ । सिजनको सुरुआती केही खेल जितेर राम्रो गरेको टोटनहममा फेरि पुरानै समस्या बल्झेको जस्तो देखिएको छ । अहिले टिमका प्रशिक्षक हुन्, नुनो सान्टो । उनी आउन अगाडि टोटनहम एक प्रशिक्षकको खोजीमा भौतारिएको थियो ।
उनी आएपछि पनि समस्या समाधान भएन्, टिमका कप्तान तथा प्रमुख खेलाडी ह्यारी केनले क्लब छाड्न चाहे । उनी म्यानचेस्टर सिटी जान चाहन्थे, तर क्लबले त्यसलाई पूरा हुन दिएन् ।
केनको एउटै गुनासो थियो, टोटनहममा उपाधि जित्ने धोको नै छैन् । उनले भने जस्तै टोटनहमका लागि यो सिजन यस्तै उद्देश्यहीन फिक्का फिक्का हुन सक्छ ।

–बीबीसीको सहयोगमा ।