बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पारस–आमिरको खुल्लम खुल्ला ‘वार’

शुक्रबार, असोज ८, २०७८खेलपाटी संवाददाता
पारस–आमिरको खुल्लम खुल्ला ‘वार’
Classic Tech Internet Ad

काठमाडौं । पारस खड्का र आमिर अख्तरको विवाद उत्कर्षमा छ । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथों संस्करण आयोजनाको संघारमा छ।

पारस र आमिर पुन: एक पटक आमने सामने भएका छन् ।

इपीएलका प्रमोटर हुन्, आमिर । जब ईपीएल आउँछ, पारस–अमिरको टकराव देख्न मिल्छ । ‘वार’ कुनैसमय भित्र–भित्र थियो, अब खुल्लम खुल्ला सुरु भएको छ ।

राष्ट्रिय क्रिकेटका पूर्व कप्तान हुन्, पारस । उनी नेपाली क्रिकेटका सबैभन्दा ठूला स्टार हुन् । र उत्तिकै सफल पनि खेलाडी पनि ।

इन्डियन प्रिमियर लिग (आइपीएल)को नेपाली संस्करण बनाउन खोजेका आमिर क्रिकेटका ब्यापारी हुन् । उनी क्रिकेटमा आएका हुन्, पैसा कमाउन । सार्वजनिक रुपमा उनले भनेका पनि छन् । त्यसो गर्दा क्रिकेट पनि व्यवसायीक हुने भो, गोजी पनि भरिने भयो ।

खेल आखिर राम्रो व्यापार पनि त हो ।

पारस खड्काले ईपीएल नखेल्ने पक्का पक्की जस्तै थियो । त्यसमा थपिएका छन्, ज्ञानेन्द्र मल्ल । राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्लको ब्याट भर्खरै ओमानमा राम्रै चलेको थियो । तर घर फर्कने वित्तिकै घरेलु फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिताबाट ज्ञानेन्द्रले नाम झिकेका छन् ।

पारस नखेल्ने भएपछि सबैको अनुमान थियो, सायद ज्ञानेन्द्रले पनि खेल्ने छैनन् । आखिर यस्तै भयो । ज्ञानेन्द्रले ईपीएल नखेल्नु ठुलो कुरा भएन । उनले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने बताएका छन् । तर उनको टिमले निकालेको विज्ञप्तिले धेरैको कुराको संकेत गर्छ । ईपीएलसँग पारस–ज्ञानेन्द्रको अन्तरसंघर्ष प्रकट गर्छ ।

ललितपुरले बिहीबार प्रेस विज्ञप्ति निकालेर ज्ञानेन्द्रले नखेल्ने जानकारी गरायो । विज्ञप्तिमै ज्ञानेन्द्रले पठाएको गोप्य इमेल पनि छाप्यो ।

यसले आयोजक र खेलाडीबीचको सम्बन्ध कुन तहमा रहेछ भन्ने देखाउँछ ।

के हुदैछ क्रिकेटमा ?

नेपाल क्रिकेट संघ (क्यान) एक समय निलम्बनमा थियो । त्यो समय नेपाली क्रिकेट पारस, ज्ञानेन्द्र, शक्ति, बसन्त लगायतका केही सिनियर खेलाडीको सल्लाहमा चल्थ्यो ।

कुनै समयका खेलाडी आमिर क्रिकेटका इभेन्ट गरिरहेका हुन्थे । एनपीएल र ईपीएलको सुरुवाती संस्करणमा आमिरलाई पारसकै सहयोग थियो । ईपीएललाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को मान्यता जुटाउन पारस स्वयमले प्रत्यक्ष भूमिका खेलेको बताइन्छ ।

जब ईपीएल सुरु भयो, आमिर–पारस लगायातका खेलाडीबीच द्धन्द बढ्न पुग्यो । ईपीएलको नाम र कर्पोरेटको लगानी अनुसार खेलाडीले पैसा नपाएको पारसको गुनासो रह्यो । देशका ठुला कर्पोरेटसंग उठबस सुरु गरेका आमिरले खेलाडीको गुनासोमा खासै चासो दिएनन् ।

एक समय ईपीएल सकिने बित्तिकै पारसले त्रिवि मैदानमै पत्रकार सम्मेलन गरेर आयोजकसँग असन्तुष्टि पोखेका थिए । धेरैले केही समय कुर्न पारसलाई भनेका थिए । तर पारस रोकिएनन् । ईपीएलको आयोजना स्थलमा रहेको टेन्टमा पत्रकार सम्मेलन गरेर पारसले नाम र लगानी अनुसार खेलाडीले केही नपाएको गुनासो गरे ।

त्यसपछि सार्वजनिक रुपमा पारस–आमिरबीच विवाद बाहिर आएको थियो ।

May be an image of text that says 'pulsar BAJAJ EPL EVEREST PREMIER LEAGUE'

ईपीएललाई माथ खुवाउन पारस, ज्ञानेन्द्र लगायतका केही खेलाडी मिलेर पोखरा प्रिमियर लिग (पीपीएल) सुरुवात गरे । क्यानका पूर्व कर्मचारी छुम्बी लामाले प्रोजेक्टको नेतृत्व गरे । अनि घरेलु क्रिकेटमा आमिर र पारसको लडाँई ईपीएल भर्सेस पीपीएलमा बदलियो ।

पीपीएलका स्लिपिङ प्रमोटर पारस र ज्ञानेन्द्र इपीएलमा देखिन छाडे । आमिरले समेत पीपीएल खेल्ने विदेशी खेलाडीलाई ईपीएलमा सहभागी नगराउने घोषणा गरे ।

ठुला कर्पोरेटको साथ पाएर आमिरको ईपीएल चढ्दै गयो । खेलाडीको भुमिकामा पारस लगायतको टिमले पीपीएलमा खासै राम्रो गर्न सकेनन् । पीपीएलका धेरै टिम खेलाडीको पैसा नदिएर सम्पर्क विहिन बनेको घरेलु क्रिकेटका सबै सरोकारवालालाई थाहा छ ।

खेलाडी भएर क्रिकेटकै व्यापार गर्न नपाउने भन्दै आमिरले लगातार स्वार्थ बाँझिने मुद्धा उठाइरहे ।

पीपीएलको आगमनसँगै पारस–आमिरको वार आन्तरिक रुपमा चलिरहेको थियो । आइसीसीको पहलमा क्यानमा नयाँ निर्वाचन भयो । मान्छे पुरानै आए, जसको पारस सहितका खेलाडीसँग सम्बन्ध राम्रो थिएन । आमिरले क्यानका उनै पदाधिकारीसँग सम्बन्ध विस्तार गरे । क्यानमा कर्मचारी सहित धेरैलाई  प्रभावित बनाए । गत चैतमा क्यानलाई १५ लाख दिएर त्रिकोणात्मक सिरिजनै आयोजना गरेर देखाइदिए । खेल बुझेका पारसले चोटका कारण भन्दै त्रिकोणात्मक सिरिजनै खेलेनन् । तर त्यही सिरिजमा कुशल भुर्तेल यसरी चम्किए, सायद पारसलाई सबैले बिर्सिए ।

कुशलको प्रर्दशनबाट सबैभन्दा बढी कोही खुसी थिए भने ती आमिर थिए । आमिर दाबी गरिरहेका थिए, पारस बिना पनि नेपाली क्रिकेटले जित्छ भन्ने प्रमाणित भएको छ, नयाँ खेलाडीलाई पारस लगायतका खेलाडीको सिन्डिकेटले बाहिर आउन दिएन ।

त्यही सिरिजमा क्रिकेटको सट्टेबाजको विज्ञापन खेल स्थलमा देखियो । कीर्तिपुर प्रहरीमा उजुरीनै पर्यो । आमिर प्रहरी कार्यालयमै पुग्न पर्यो । यो सब घटना पारसकै टिमका सदस्यबाट भएको आमिरको बुझाई रह्यो ।

अब आमिर आक्रमक रुपमा मैदान उत्रन तयार भए ।

सिरिज सक्किने बित्तिकै आमिरले ‘बलियो नेपाल’ नामक एक क्रिकेटको परियोजनामा पारस, ज्ञानेन्द्र, क्यानका कार्यसमिति सदस्य रहेका छुम्बीको संलग्नतामा प्रश्न उठाए । सार्वजनीक रुपमा वक्तव्यबाजी गरे । क्यानलाई पत्र पठाए । आइसीसी जाने धम्की दिए । खेलाडी र पदाधिकारी स्वार्थ बाँझिने काममा संलग्न हुन नपाउने आवाज उठाए ।  कारबाहीको माग गरे । पारस सहितको टिममाथि ठुलो आक्रमण गरे ।

तुरुन्त पारस सहितको टिमले प्रेस विज्ञप्ति निकालेर त्यसको प्रतिवाद गर्यो । तर पारसमाथि कसैले सार्वजनिक रुपमा औला उठाएको थियो ।

May be an image of ‎text that says '‎اللاللة NAMASTE CLASSIC LAGER BEER POKHARA PREMIER PPL LEAGUE‎'‎

केही हप्तामै पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । आसन्न क्यानको चुनावलाई ध्यानमा राखेर पारसले राष्ट्रिय टिमबाट सन्यास लिएको धेरैको बुझाई रह्यो, पारस स्वयमले त्यसको अस्विकार गरेनन् । तर धेरैले आमिरसँगको पछिल्लो टकरावबाट पारस सो निर्णयमा पुग्न सहयोग गरेको बताउँछन् ।

यहीँ अवस्थामा ईपीएलको नयाँ सिजन सुरु हुदैछ । पुन पारस–आमिर विवाद उत्कर्षमा छ ।

पारस क्रिकेटको राजनीतिमा छिर्ने कोशिश गर्दैछन् । कप्तान र खेलाडीको रुपमा उनी जति बलियो थिए, राजनीतिक रुपमा उनी त्यतीनै कमजोर छन् । कसरी अघि बढ्छन्, त्यो हेर्न बाँकी छ ।

तर आमिर अहिलेको अवस्थामा नेपाली क्रिकेटका ‘पावर सेन्टर’ बनेका छन् । भनिन्छ, ‘क्यान’ नेपाली क्रिकेटको ‘युजर’ नेम हो भने आमिर त्यसको ‘पासवर्ड’ हुन् ।

नेपाली क्रिकेटका दुई ठुला खेलाडीबीचको टकराव सतहमा देखिन्छ । तर दुई शक्तिशाली खेलाडीको अस्वस्थ लडाँईले नेपाली क्रिकेटलाई घाटा पुग्ने क्रिकेट सम्बद्ध अधिकारीहरु बताउँछन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

Bajaj Pulsar Motorcycle Ad
यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा