पलेशा सम्मानित
मंगलबार, ०५ आश्विन २०७८खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् ।
नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
टोकियो पारालिम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसंग पराजित भएकी थिइन् ।
रिपाचेजमा अमेरिका र सर्बियाकी खेलाडीलाई हराएर पदकनजिक पुगेकी पलेशा फाइनलमा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



