काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूह एफ को नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
हङकङविरुद्धको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती-११ को घोषणा गरेका हुन् ।
नेपालले एक खेलाडी परिवर्तन गरेको छ । डिफेन्डर विमला बिक सुरुवाती-११ मा परेकी छिन् ।
पुजा रानालाई बेन्चमा राखिएको छ ।
नेपालको सुरुवाती-११
गोलकिपर - अन्जिला सुब्बा
डिफेन्डर - हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला बिक
मिडफिल्डर - रेनुका नगरकोटी,सरु लिम्बु,मन्जली कुमारी योन्जन
फरवार्ड - सबिता राना, विमला चौधरी, प्रिती राई
