सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘एसोसियटमा प्रभुत्व जमाउन प्रतिस्पर्धात्मक खेल आवश्यक’

मंगलबार, ०५ आश्विन २०७८खेलपाटी संवाददाता
‘एसोसियटमा प्रभुत्व जमाउन प्रतिस्पर्धात्मक खेल आवश्यक’
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एसोसियट राष्ट्रमा आफ्नो प्रभुत्व जमाउन नेपालले धेरै भन्दा धेरै प्रतिस्पर्धात्मक खेल खेल्नुपर्ने बताएका छन् ।

ओमान भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कप्तान मल्लले एसोसियटमा टिक्ने भन्दा प्रभुत्व कायम राख्नु पर्ने र त्यसका लागि प्रतिस्पर्धात्मक खेल खेल्नुपर्ने बताएका हुन् ।

'एसोसियटमा कसरी सर्भाइब गर्ने भन्दा पनि एसोसियटमा प्रभुत्व जमाउन धेरै भन्दा धेरै प्रतिस्पर्धात्मक खेल खेल्नु पर्छ जस्तो लाग्छ,' कप्तान मल्लले भने,' क्रिकेटमा प्रतिस्पर्धात्मक खेल चाहिन्छ । त्यसले खेलाडी रोटेट हुन्छ । त्यसमा ध्यान दिनुपर्छ ।'

May be an image of 2 people and people standing

ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर नेपाली टिम मंगलबार बिहान स्वदेश फर्किएका हुन् ।

यस्तै कप्तान मल्लले नेपाली टोलीलाई अझै धेरै 'एक्सपोजर' चाहिएको बताए ।

'टिमलाई अझै अनुभवको कमी छ । प्रेसर हेण्डल गर्ने, दबाब कसरि झेल्ने कुरा हुन्छ । त्यसैले 'एक्सपोजर' चाहिएको छ,' उनले बताए ।

कप्तान मल्लले ओमान भ्रमण राम्रो भएको समेत बताए । उनले विशेष गरि युवा खेलाडीको लागि राम्रो भएको बताए ।

'ओमान भ्रमण डिसेन्ट रह्यो । ३ खेललाई लक्ष्य बनाएका थियौं । राम्रो कुरा चै ओमानलाई धेरै पछि हरायौँ,' कप्तान मल्लले भने, 'यो भ्रमणमा युवा खेलाडीको राम्रो रह्यो । खुशी हुने कुरा युवा खेलाडीमा गरेको लगानीको नतिजा देखिदैछ ।'

May be an image of 9 people, people standing, people playing sports and text

ओमानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो । सिरिजपछि नेपाल लिग-२ को चौंथो स्थानमा समेत उक्लिएको थियो । नेपालले ८ खेलमा ८ अंक जोडेको छ ।

कप्तान मल्लले लिग-२ मा नेपालको धेरै खेल बाँकी रहेको कारण आगामी  खेलमा राम्रो गर्ने बताए । उनले आउने हरेक खेल नेपालका लागि महत्वपूर्ण हुने बताए ।

लिग-२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् ।

लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् । 

May be an image of one or more people, people playing sports and people standing

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित