/cdn.vox-cdn.com/uploads/chorus_image/image/69875270/1340502851.0.jpg)
ग्रेनेडाविरुद्धको खेलका विश्लेषण गर्दै उनले थपेका छन्, ‘मेरो विचारमा हामीले बराबरीमा राम्रो नै गर्न सकेका छौं । सायद अझ केही अवसर बनेको भए, जित पनि प्राप्त हुन सक्थ्यो । अहिले हाम्रो आधारभुत रणनीति ४–३–३ नै हो । पहिलो हाफमा त्यसै अनुसार खेलेका थियौं । त्यसलाई दोस्रो हाफमा सामान्य परिवर्तन गरेका थियौं ।’
बार्सिलोनासँग आठ वर्ष अगाडि जस्तो टिम थियो, अब त्यो रहेन नै । त्यसैले बार्सिलोना अहिलेको टिमको मदतले ठीकै खेल्न बाध्य छ ।
फेरि ग्रेनेडा आफै खराब लयबाट गुज्रिरहेको छ, तर पनि उसले बार्सिलोनालाई दबाबमा राखेको थियो । सायद हुन सक्छ, अब कोमनको भविष्य पनि बार्सिलोनामा धेरै लामो छैन् ।