कोमनले स्विकारे, ‘बार्सिलोना पहिलो जस्तो छैन्’
मंगलबार, ०५ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । रोनाल्ड कोमनले स्विकारेका छन्, स्तरीयताको आधारमा अब बार्सिलोना पहिलेको जस्तो छैन्, रहेन् । क्याटलान क्लबले भर्खरै घरमा ग्रेनेडासँग १–१ को बराबरी खेलेको छ ।
युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको खेल गुमाएपछि बार्सिलोनासामु घरेलु लिगमा कम्तीमा जितको बाटोमा फर्कने अवसर थियो ।
तर बार्सिलोना त्यसमा पनि चुकेको छ । यस्तोमा प्रशिक्षक कोमनले भनेका छन्, ‘अहिले टिममा रहेका खेलाडीलाई हेर्नु पर्छ, यो बराबरीको नतिजा पनि ठीकै हो । हामीले त्यही गरेका छौं, जसका लागि हामी सक्षम छौं । अब हाम्रो टिममा टिकी टाका खेल्ने समयका जस्ता खेलाडी रहेन् । त्यसैले हामीले सक्दो मात्र खेल्ने हो ।’
/cdn.vox-cdn.com/uploads/chorus_image/image/69875270/1340502851.0.jpg)
ग्रेनेडाविरुद्धको खेलका विश्लेषण गर्दै उनले थपेका छन्, ‘मेरो विचारमा हामीले बराबरीमा राम्रो नै गर्न सकेका छौं । सायद अझ केही अवसर बनेको भए, जित पनि प्राप्त हुन सक्थ्यो । अहिले हाम्रो आधारभुत रणनीति ४–३–३ नै हो । पहिलो हाफमा त्यसै अनुसार खेलेका थियौं । त्यसलाई दोस्रो हाफमा सामान्य परिवर्तन गरेका थियौं ।’
बार्सिलोनासँग आठ वर्ष अगाडि जस्तो टिम थियो, अब त्यो रहेन नै । त्यसैले बार्सिलोना अहिलेको टिमको मदतले ठीकै खेल्न बाध्य छ ।
–मार्काको सहयोगमा ।

फेरि ग्रेनेडा आफै खराब लयबाट गुज्रिरहेको छ, तर पनि उसले बार्सिलोनालाई दबाबमा राखेको थियो । सायद हुन सक्छ, अब कोमनको भविष्य पनि बार्सिलोनामा धेरै लामो छैन् ।
–मार्काको सहयोगमा ।