काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले फराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा नापोलीले उडीनेजेलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको २४ औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
३५ औं मिनेटमा अमिर राहमनीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

खेलको ५२ औं मिनेटमा कालिडोउ कौलिबालिले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा हिर्भीङ लोजानोले गोल गर्दै नापोलीलाई ४-० को जित दिलाए ।
यस जितसँगै नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
नापोलीले ४ खेलमा १२ अंक जोडेको छ ।
उडीनेजे ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
