काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमको पाकिस्तान भ्रमण रद्द भएको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले सोमबार पाकिस्तान भ्रमण रद्द गरिएको जनाएको छ ।
इंग्ल्यान्डले आगामी अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने तालिका रहेको थियो ।
तर, गत शुक्रबार न्युजिल्याण्डले पाकिस्तान भ्रमण रद्द गरेपछि इंग्ल्यान्डले पनि भ्रमण नगर्ने निर्णय गरेको हो ।
पाकिस्तान पुगेको न्युजिल्याण्डको टिम सुरक्षाको कारण देखाएर खेल नखेली स्वदेश फर्किएका थिए ।
इंग्ल्यान्डले सिमित ओभरको सिरिजका लागि पाकिस्तानको भ्रमण गर्ने तालिका थियो ।
इंग्ल्यान्डको महिला र पुरुष टिमले नै पाकिस्तानको भ्रमण गर्ने बताईएको थियो ।
इंग्ल्यान्डले १५ वर्षबाट पाकिस्तानको भ्रमण गरेको छैन । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।