वर्ल्ड स्कुल स्पोर्ट्स टोली फर्कियो
सोमबार, असोज ४, २०७८खेलपाटी संवाददाता
काठमाडौं । आईएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भइ १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।
सर्बियाको बेलग्रेडमा सेप्टेम्बर ११ देखि १९ तारिखसम्म भएको गेम्समा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
तेक्वान्दोतर्फ नेपालले ३ कांस्य पदक जित्यो । ब्यक्तिगत पुम्सेको ब्वाइजमा लावाङ लामा र गर्ल्समा सिमानी लामाले कांस्य जिते । दुवै मिलेर पेयर पुम्सेमा पनि नेपाललाई कांस्य दिलाए ।
पौडी टोलीले भने ‘बेस्ट पर्फमर टोली’ को उपाधि जितेको आईएसएफ डेलिगेटका रुपमा सहभागी राजकुमार कार्कीले जनाएका छन् । कार्कीका अनुसार गेम्स विभिन्न ३५ राष्ट्रका ५ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
टोली खेलाडी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।












-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)