राष्ट्रपतिमा उम्मेदवारी दिने बक्सर मेनीको घोषणा
सोमबार, ०४ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । फिलिपिनो बक्सर मेनी प्याक्याउले फिलिपिन्सको राष्ट्रपति पदका लागि उम्मेदवारी दिने भएका छन् ।
बक्सर मेनीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
मेनीले सत्तारुढ दल पीडीपी-लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिने छन् ।
४२ वर्षीय मेनी फिलिपिन्सको संसदको सिनेटर रहेका छन् ।
उनले गरिबी र भ्रस्टाचारविरोधी अभियान चलाउने बताईएको छ ।
मेनी फिलिपिन्समा लोकप्रिय व्यक्तित्व मानिन्छ ।
खेल क्षेत्रमा उनको नाम उच्च स्थानमा रहेको छ ।
उनले बक्सिङको फरक फरक आठ तौल समूहको उपाधि जितेका थिए ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



