पोचेटिनाले कारण खुलाए मेस्सी सब्टिच्युट गर्नुको कारण
२०२१ सेप्टेम्बर २०, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । लियोनल मेस्सी केही न केही कारणले चर्चामा आइरहन्छन् ।
फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार लियोनलाई २–१ ले हराएको थियो र त्यसको ७५ औं मेस्सीलाई सब्टिच्युट गरिएको थियो । त्यति बेला खेल १–१ को बराबरीमा थियो ।
आफूलाई सब्टिच्युट गरिएपछि मेस्सी खुसी देखिएनन् ।
यसै सिजन मात्र भित्र्याएका मेस्सीको अध्यारो अनुहार अहिले मुख्य चर्चाको विषय भएको छ । किन उनी सब्टिच्युट भए त ? आखिरमा यसको जवाफ त प्रशिक्षक मउरिसो पोचेटिनोलाई दिनु नै थियो ।
उनी भन्छन्, ‘हामीले मेस्सीलाई सब्टिच्युट गर्ने निर्णय किन गरेका थियौं भने हामी उनलाई सुरक्षा राख्न चाहन्छौं । त्यसो भनेको उनलाई सम्भावित चोटबाट बचाउन चाहन्छौं । हाम्रो अगाडि अझै पनि धेरै महत्त्वपूर्ण खेल रहेका छन् । यी सबै खेलमा मेस्सीको आवश्यकता हुनेछ, त्यसैले हामी उनको सुरक्षालाई लिएर चिन्तित छौं ।’
प्रशिक्षक पोचेटिनाको यो बयानपछि केही फ्रान्सेली मिडियाले एक खाले अनुमानको पनि विकास गरेका छन् । त्यस अनुसार पीएसजीको यस सिजन मुख्य लक्ष्य भनेकै युरोपेली च्याम्पियन्स लिग जित्नु हो, यसका लागि अब फ्रान्सेली लिग वानको महत्त्व सायद त्यति धेरै रहेन् ।
–मार्काको सहयोगमा ।

उनले भनेका छन्, आफू र आफ्नो प्राविधिक टिमले मेस्सीलाई विशेष कारणले नै मैदान बाहिर ल्याएको हो ।
उनी भन्छन्, ‘हामीले मेस्सीलाई सब्टिच्युट गर्ने निर्णय किन गरेका थियौं भने हामी उनलाई सुरक्षा राख्न चाहन्छौं । त्यसो भनेको उनलाई सम्भावित चोटबाट बचाउन चाहन्छौं । हाम्रो अगाडि अझै पनि धेरै महत्त्वपूर्ण खेल रहेका छन् । यी सबै खेलमा मेस्सीको आवश्यकता हुनेछ, त्यसैले हामी उनको सुरक्षालाई लिएर चिन्तित छौं ।’
प्रशिक्षक पोचेटिनाको यो बयानपछि केही फ्रान्सेली मिडियाले एक खाले अनुमानको पनि विकास गरेका छन् । त्यस अनुसार पीएसजीको यस सिजन मुख्य लक्ष्य भनेकै युरोपेली च्याम्पियन्स लिग जित्नु हो, यसका लागि अब फ्रान्सेली लिग वानको महत्त्व सायद त्यति धेरै रहेन् ।
मेस्सीको अत्याधिक प्रयोग यही च्याम्पियन्स लिगमा हुनेछ ।

–मार्काको सहयोगमा ।